टी-२० विश्वकप छनोट: कतारविरुद्ध टस हारेको नेपाल ब्याटिङमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कतारसँग टस हारेको नेपाल ब्याटिङमा उत्रिएको छ । ओमानमा जारी आईसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा कतारले टस जितेर पहिला बलिङ राजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईलाई पराजित गरेको थियो भने कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । नेपालले आज टिममा एक परिवर्तन गरेको छ । आज ललित राजबंशीको स्थानमा मोहमद आदीललाई खेलाइएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्