आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि त्यो सम्भावना कम रहेको छ । मन्त्रीको लागि सिफारिश भएका चार जनाको नाममा नै विवाद उत्पन्न भएपछि प्रधानमन्त्री कार्की ब्याक भएको बताईन्छ ।

अहिले चार जनाको नाम जेन–जी पुस्ताबाट भनेर प्रधानमन्त्री कार्यालयमा सिफारिश गरिएको चर्चा छ । यसरी मन्त्रीमा नाम सिफारिश गरिएकाहरुमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, टासी ल्हाजोम र डा. रामजी राम रहेका छन् । श्रेष्ठको नाम पर्यटन मन्त्रालय, गुप्ताको नाम खेलकुद मन्त्रालय र रामजी रामको नाम स्वास्थ्य मन्त्रालयमा सिफारिश भएको भनिएको छ ।

- Advertisement -
Ad image

यस्तै, टासीको नाम महिला मन्त्रालय भनिएको छ । आज (सोमबार) नै मन्त्रिपरिषद् विस्तार गर्ने चर्चा थियो । तर, केही नाममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री कार्की अझै निश्कर्षमा नपुगेको बताईन्छ ।

सोसल मिडियामा सरकार एनजिओ र आईएनजिओले चलाएको आलोचना सुरु भएको छ । शनिबारको जेनजीहरुको वार्तामा सरकार कुनै एनजिओहरुले नचलाएको भन्दै कडा टिप्पणी गरेकी थिईन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्