देउवा, ओली र प्रचण्डलाई बिदा गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आवश्यक रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्न भनेका हुन् ।

- Advertisement -
Ad imageAd image

उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन् । उनले ‘इफ, बट’ केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन् । सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्