कांग्रेस पदाधिकारी बैठक आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

 

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाले पार्टी बैठक बोलाएका हुन्।

- Advertisement -
Ad image

आज दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो। जेनजी आन्दोलनको क्रममा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय आगजनीबाट ध्वस्त भएको छ। असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउन देउवाले बैठक बोलाएका हुन्।

भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणपछि घाइते रहेका देउवाले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। यहीबीच कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि उठिरहेको छ। कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर आफू बिदा हुनुपर्ने वा आगामी मंसिरमा पार्टी नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ।

नियमित महाधिवेशन गर्न सक्ने अवस्था नभए विशेष महाधिवेशनको कुरा पनि उठिरहेको छ। महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाइरहेका छन्।

उनीहरुले अर्का नेता शेखर कोइरालासँग परामर्श गरी विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन पनि गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्