बाढी पहिरोसहितका विपद्‌मा परेर मृत्यु हुनेको संख्या ५२ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्