तुइन खोलामा खस्यो झनै ठूलो पहिरो: काठमाडौं आउने बाटो दुईतर्फी ठप्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।

यी दुवै ठाउँमा यसअघि पनि पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदै आएको थियो । सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो खस्नेक्रम जारी नै रहेको छ। जसका कारण पहिरो हटाउन सकिएको छैन। पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने छ।

- Advertisement -
Ad imageAd image

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेका कारण विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बन्न सुरु भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्