पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको मानवीय हताहतीलाई लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन दिएको छ ।

उक्त घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले पाँच ओली र लेखकसहित पूर्वपदाधिकारीलाई अनुसन्धान दायरामा ल्याउँदै विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

- Advertisement -
Ad image

आयोगको आईतबार बसेको बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई छानबिनका लागि बोलाउन सकिने भएकाले स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन आग्रह गरेको हो।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई अनुसन्धानका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमण रोक लगाउन आवश्यक देखिएको छ।’

यस्तै, आयोगले छानबिन प्रभावकारी बनाउन विज्ञसहितको थप जनशक्ति आवश्यक देखिएको भन्दै गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ। आयोग सदस्य निशान राज शर्माले उक्त कदम अनुसन्धानलाई निष्पक्ष र व्यवस्थित बनाउन उठाइएको बताएका छन्।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्