जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सचिवालय बैठक दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओलीको डेरामै बस्ने भएको हो।

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्री ओलीले शनिबार पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उपस्थित भएर पहिलोपटक सार्वजनिक भाषण दिएका थिए।

- Advertisement -
Ad image

त्यस क्रममा उनले सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकार जनताको अभिमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको भनी आलोचना गरेका थिए।

साथै उनले देशलाई अघि बढाउने पार्टी एमाले नै भएको जिकिरसेमत गरेका थिए। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली त्यसबेलादेखि नेपाली सेनाको सुरक्षामा थिए।

त्यसको ९ दिनपछि यही असोज २ गते सेनाको ब्यारेकबाट बाहिरिएर उनी भक्तपुरको गुन्डुस्थित डेरामा सरेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्