प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश: चुनावी सरकारले जेनजीका सबै माग पूरा गर्न सक्दैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa
????????? ????? ??????? ?????????? ???? ?????? ????????, ? ????? ??????? ??????? ????????????? ?????? ???????????? ??????? ??????????? ???????? ????????? ????? ??????? ?????????? ? ??????? ????????? ????÷????

काठमाडौँ  – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान चुनावी सरकारले जेनजी युवाको आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले परिवर्तन पक्षले निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गरेकी छन् ।

शासकीय स्वरूप लगायत विषयमा चुनावी सरकारले केही गर्न नसक्ने बताइन् । ‘आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन तर कतिसम्म गर्न सक्छौं, इमान्दार प्रयास गर्नेछौं । भ्रष्टाचार न्युनीकरणमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ । ढिलासुस्ती, घुस माग्ने, काम पन्छाउने, अनावश्यक दु:ख दिने जस्ता कार्य भएमा तत्काल निराकरणका लागि हटलाइनको व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘‘शासकीय स्वरूपको विषय वर्तमान सरकारको कार्यक्षेत्र बाहिरको विषय हो ।’

- Advertisement -
Ad image

उनले जेनजी आन्दोलनमा दमन गर्ने दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्धता रहेको बताएकी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्