राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता: के-के विषयमा भयो छलफल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो।

भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा।मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्। यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्