यस्तो बन्यो सुशीला नेतृत्वको मन्त्रीमण्डल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं – गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनका आडमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेको छ । सोमबार चार नयाँ मन्त्री नियुक्त भएसँगै उनको नेतृत्वको मन्त्रीमण्डल आठ सदस्यीय पुगेको छ ।

अन्तरिम सरकारमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने घोषणा गरेकी कार्कीले अब तीन मन्त्री थप्न बाँकी छ । जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको म्यान्डेट पाएकी छन् ।

- Advertisement -
Ad image

कार्कीले पहिलो चरणमा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई मन्त्रीमा नियुक्ति गरेकी थिइन् । खनाललाई-अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, घिसिङलाई-ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात सहरी विकास र अर्याललाई-गृह मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

कार्कीले दोस्रो चरणमा जगदीश खरेल, महावीर पुन, मदन प्रसाद परियार र अनिल सिन्हालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

जगदीश खरेललाई-सञ्चार तथा सूचना प्रविधि मन्त्री, डा महावीर पुनलाई-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,डा. मदन प्रसाद परियालाई-कृषि तथा पशुपन्छी मन्त्री र अनिल सिन्हालाई-कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरिएको छ । अर्यालको कानुन मन्त्रालय दोस्रो चरणमा खोसिएको छ ।

सोमबार नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

मन्त्रीहरूको वरियतामा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ, ओम प्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल क्रमशः रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्