प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको हो ।

भेटमा राजदूत सोङले चीन सधैं नेपालसँग सहकार्य गर्न तयार रहेको र नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताए। सोङले भने, “आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको नाताले हामी तत्पर छौँ।”

- Advertisement -
Ad imageAd image

कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएयता यो चिनियाँ राजदूतसँगको पहिलो औपचारिक भेट हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्