सैनिक व्यारेकबाट निस्किएका केपी ओली गुण्डुमा: महेश बस्नेतले गरे डेरा व्यवस्थापन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडाैं – एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट फर्किएका छन्। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि उनलाई नेपाली सेनाले सुरक्षा दिएर ब्यारेकमा राखेको थियो। उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन्। बालकोटको घर जलेकाले ओली गुण्डु सरेका छन्। महेश बस्नेतले ओलीको डेराेकाे बस्दाेबस्त गरेका हुन्।

अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन-जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ। गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यसयता सैनिक ब्यारेकमा बस्दै आएका थिए।

- Advertisement -
Ad image

भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो।

आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्