जेन-जी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो सुन लुटपाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट सो लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।

सुशान्त प्रधानसँगको पोडकास्टमा बोल्दै गभर्नर पौडेलले उनले धेरै सरकारी कार्यालय क्षतिग्रस्त भए पनि नेपाल राष्ट्र बैंक सुरक्षित रहेको तर राष्ट्रिय वाणिज्य बैंकबाट सो लुटपाट भएको बताए ।

- Advertisement -
Ad imageAd image

‘एक ठाउँमा सिरियस लुटपाट भएको छ, संसद् भवन भित्र भएको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड जति नगद र १८ किलो जति सुन लुटिएको छ’, उनले पोडकास्टमा भनेका छन् ।

उनले जेन-जी आन्दोलनको क्रममा आफूलाई एटिएममा पनि पैसा पनि नहुने र डिजिटल कारोबार हुन नसक्ने जस्तो ठूलो डर लागेको तर, सो स्तरको दुर्घटना नभएको बताए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्