प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त: संकटकाल घोषणा र संसद विघटन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् । स्रोतका अनुसार ९ बजे उनको शपथ हुने छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।

उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएकाे छ । बैठकले संकटकालकाे सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलले अनुमाेदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयाेग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्राेतले जनाएकाे छ ।

- Advertisement -
Ad imageAd image

आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की दुई वटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बनेकी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्