राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली नेपाली सेनाको सुरक्षामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa
राष्ट्रपति भवन, शीतलनिवासमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुहुँदै। तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनको क्रममा राष्ट्रपति भवन शितल निवासमा आगजनी भएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको छ।

शितल निवासमा आगजनी पछि राष्ट्रपतिको अवस्थाका विषयमा सर्वत्र चासो व्यक्त भइरहेका बेला राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो संरक्षणमा राखेको हो।

- Advertisement -
Ad image

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि उनी बालुवाटारबाट हेलिकप्टर चढेर सेनाको संरक्षणमा गएका हुन्। स्रोतका अनुसार राष्ट्रपति पौडेल र प्रधानमनत्री ओलीलाई नेपाली सेनाले शिवपुरी स्थित सेनाको संरक्षणमा राखिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्