छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओली, एमालेको विधान महाधिवेशन आज सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आजै समूहगत सुझाव पेस गर्दै छन् ।

समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् । अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भइरहेको छ ।

- Advertisement -
Ad image

समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा गठित समूहले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छ । बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ । पार्टीको नीति र विधि तय गर्न शुक्रबारदेखि विधान महाधिवेशन जारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्