सरकार फेसबुक बन्द भयाे भन्छ, प्रधानमन्त्री ओली नै चलाउँछन् फेसबुक !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडाैं – सरकारले दर्ता हुन तयार नभएका सामाजिक सञ्जाल बन्द भएकाे भनिएपनि प्रधानमन्त्री तथा उनकाे सचिवालयले नै ती सञ्जालहरू चलाइरहेकाे छ । मेटा मातहतकाे फेसबुक, ह्वाट्स एप जस्ता सञ्जालहरूमा अहिले पनि प्रधानमन्त्रीको निजी सचिवालय सक्रिय छ ।

नेपाल सरकारले दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल प्लाटफर्मलाई बन्द गरेको छ। मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ती प्लाटफर्महरूमा नेपालबाट पहुँच नदिन निर्देशन दियो।

- Advertisement -
Ad imageAd image

तर, प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालय भने शुक्रबारसम्म पनि तिनै सामाजिक सञ्जालहरूबाट सूचना सम्प्रेषित गरिरहेको छ। केहीबेरअघि मात्र गोदावरीमा सुरु भएको एमाले विधान महाधिवेशनसम्बन्धी सूचना र तस्बिरहरू ह्वाट्सएप ग्रुपदेखि फेसबुक पेजहरूसमार्फत सचिवालयले सार्वजनिक गरिरहेकाे छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्