साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । नेप्से ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा आएको छ ।

बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१७ वटा कम्पनी कारोबार हुँदा ६९ हजार २४ पटक शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad imageAd image

बिहीबार म्युचुअल फण्ड र ट्रेडिङ समूह बाहेक अन्य सबै समूह घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्