एमाले सचिवालय बैठक बस्दै: विधान महाधिवेशनबारे छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकमा भाेलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

- Advertisement -
Ad image

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुने एमालेले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्