प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा चिनियाँ पक्षले दुईपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका साथै दुवै देशलाई लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल गरेको थियो । त्यसैगरी नेपाली पक्षले औपचारिक भ्रमणका लागि आमन्त्रण गरेकामा र उच्चस्तरीय भेटवार्ताका लागि चीन सरकारप्रति आभार व्यक्त गरेको थियो । प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससिओ) बैठक उपलब्धिमूलक भएको धारणा व्यक्त गरेका थिए ।

- Advertisement -
Ad imageAd image

भेटमा नेपाली पक्षले एक चीन नीतिप्रति स्पष्ट रहेको दोहोर्याउँदै चीनकाविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । आजै उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् । थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आज बेइजिङ गएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्