प्रधानमन्त्री ओली आज बेइजिङ जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

थियानजिन (चीन) – चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ।

- Advertisement -
Ad image

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्