सांघाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले गरे सम्बोधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांघाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छ्न् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका थिए ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आईतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन्। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्