सिन्धुपाल्चोककी गंगा सोनामले जितिन् नेपाल आईडलको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – एपीवान टेलिभिजनबाट प्रशारण भएको फ्रेन्चाइज गायन प्रतियोगिता नेपाल आईडलको छैटौं संस्करणको उपाधि सिन्धुपाल्चोककी गायीको प्रतिस्पर्धी गंगा सोनामले जितेकी छन् ।

प्रतियोगिताका निर्णायकहरु न्यूह बज्रचार्य, काली प्रसाद र इन्दीरा जोशीको निर्णय तथा दर्शकहरुको मतका आधारमा गरिब दलित परिवारबाट संगित क्षेत्रमा लागेकी अर्गानिक स्वर भएकी गंगाले उपाधि जितेकी हुन् ।

- Advertisement -
Ad imageAd image

उपाधि जितेसँगै उनले २५ लाख नगद तथा अन्य उपहारहरू हात पारेकी छन् । प्रतियोगितामा सिक्कीमकी बबिता थापा दोस्रो, चितवनकी दर्शना गान्धारी तेस्रो, दार्जलिङका अभिनय खाती चौथो र काठमाडौंकी मिनल मानन्धर पाँचौं भए ।

विजयीहरुलाई संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुरका मेयर चिरिबाबु मानन्धर लगायतले पुरस्कार प्रदान गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्