प्रधानमन्त्री ओलीले शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८२, सोमबार
1 Min Read
Aa
प्रधानमन्त्री ओली थियानजिन(चीन), १५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुन जाने क्रममा । तस्बिर प्रधानमन्त्रीको सचिवालय/रासस

थियानजिन (चीन) – प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ।

- Advertisement -
Ad imageAd image

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन्। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ।

आजै रुसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्