साताको पहिलो दिनमै नेप्सेमा ३१ अंकको गिरावट: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१ अंकले घटेको छ । आइतबार नेप्से १.१२ प्रतिशतले घटेर परिसूचक २७४९.८३ विन्दुमा पुगेको छ ।

नेप्सेमा भारी गिरावट आउँदा दिनभरमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad image

बजार बन्द हुँदा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार १७४ पटक शेयर किनबेच भएको छ ।

१३ समूह मध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी विकास बैंक समूह १.५९ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्