डिजल र मट्टीतेलको मुल्य घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडाैं – नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको आईतबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ। पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

- Advertisement -
Ad imageAd image

भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ। हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँमा डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्