नेपाल प्रहरीको नयाँ महानिरीक्षमा चन्द्र कुवेर खापुङ नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् ।

सरकारले शुक्रबार खापुङलाई नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा नियुक्त गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

- Advertisement -
Ad imageAd image

जेष्ठता र वरिष्ठताका आधारमा खापुङलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गरिएको हो । यसका लागि उनी एकल दाबेदार पनि थिए । यसअघि उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखमा कार्यरत थिए । खापुङ २०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका थिए।

२०८२ बैशाख १६ गते एआईजी नियुक्त भएका खापुङ हालसम्मका विवादरहित उच्च प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।

एआईजी खापुङ एसपी हुँदा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन, एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय तथा डीआईजीमा प्रदेश प्रहरीको कमाण्ड गरेको अनुभव छ ।

खापुङले करिब साढे दुई महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन्। त्यसपछि एआईजी दानबहादुर कार्की र राजन अधिकारीमध्ये एक जना आईजीपी बन्ने अपेक्षा गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्