प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने तालिका रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्