नेप्सेमा उछाल: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार सेयर बजार उच्च अंकले बढेको छ । यसदिन नेप्से ५३ अंकले बढेर परिसुचक २८१९ मा पुगेको छ। बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो ।

२३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया अगाडि रहे ।

- Advertisement -
Ad imageAd image

यसदिन विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत , समता घरेलु लघुवित्तको ९.३६ प्रतिशतले बढ्यो भने नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ४।२९ प्रतिशत घट्यो ।

यसदिन सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो । यस्तै बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्