१८ अंकले घट्यो नेप्से: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६५ प्रतिशतले घटेर परिसूचक २७३९.९५ विन्दुमा पुगेको छ ।

नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बारबारको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad image

बजार बन्द हुँदा ४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार १०५ पटक शेयर किनबेच भएको छ ।

१३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन बाहेक सबै समूह घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्