प्रधानमन्त्री ओलीसँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीका आमा र बहिनीले भेटवार्ता गरेका छन् । विपिनकी आमा पदमा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि शनिबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

विपिनको रिहाइको माग गर्दै आमा र बिहनी हालै इजरायल गएका थिए । दुवैसँगको भेटपछि प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्, ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर फर्किनुभएको थियो । विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’

- Advertisement -
Ad imageAd image

अध्ययनका क्रममा सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विपिन हमासको आक्रमणपछि सम्पर्कविहीन भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्