सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८२, आईतवार
1 Min Read
Aa

भरतपुर – सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

- Advertisement -
Ad imageAd image

उक्त ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्