देशभरको सार्वजनिक यातायात ठप्प ! यात्रुको बिचल्ली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका हुन् ।

- Advertisement -
Ad image

उनीहरूले अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायातका सबै साधन बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधन बन्द गरेका हुन् ।

यातायात बन्द भएपछि यात्रुहरू गन्व्यमा पुग्न सकेका छैनन्। उनीहरू सडक मै अलपत्र परेका छन्। यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेक छन् ।

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्