भूमिका गैरे तिमिल्सिना
‘समयले नेटो काट्यो , अब कति बाँचुला र खै ? जहान पनि खसेर गई ।’ गनगनाए पण्डित पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु । ‘म मरेपछि के हाल होला, केही गर्न खोज्दैनन् ?’ फेरि फत्फताए ।
‘जेठो छोरो अल्छी छ , सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?’ विरक्तिए पण्डित घरको यत्रो जिम्मेवारी छ । लिनै खोज्दैनन्, ‘यी तीनजना मध्ये कसले गर्छ ? त्यो पनि मलाई थाहा छैन ।’
एकदिन तीनैजना छोराहरूलाई बोलाएर खाली कोठा देखाउँदै भने, ‘तिमीहरुको स्व: विवेकले त्यो कोठामा के के राखेर भर्ने हो भर । कोठा भरियो भने मलाई बोलाए भन्दै गए ।’ पण्डित अब पीताजीले भनेको कुरा कसरी टार्ने, गर्ने पर्यो ।
जेठाले सोच्यो । खलियो भरी दाउरा छन्, त्यहीँ ल्याएर भर्छु भन्यो, गर्यो तर भरिएन त्यतिकै छाड्यो । माहिलाले सोच्यो । ए ! हाम्रो घरमा टन्न धान छ, त्यहीँ ल्याएर भर्छु भन्यो, गर्यो तर भरिएन । त्यतिकै छाड्यो ।
कान्छाको पालो आयो ,उसले कोठा हेर्यो, ‘दाइहरुले भर्न नसकेर त्यतिकै छाडेर गए । दाइहरु जतिको बलवान् पनि होइन , खै के सकुला र म ?’
एक छिन घोरिएर दिमाग लगायो । यसलाई सफा गरी पूजाकोठा बनाउँछु भन्यो, आफ्नी स्वर्गीय माताजीको फोटो लिएर फूलको हार लगायो ।नजिकै दियो बालिदियो ।
तीनैजना छोराहरु पीताजीसम्म पुगेर आ- आफ्नो काम सकेको जानकारी गराए । पिताजीले नजर घुमाउँदै सोध्नु भयो । ‘के के गर्यौ त ?’
तीनैजनाले आफ्नो आफ्नो कामको समीक्षा गरे । निर्णय पीताजीको हातमा थियो , पीताजीले गम्भीर मुद्रामा भन्नुभयो, ‘म बुढो भए, डुब्न लागेको
घाम, कति खेर के हुन्छ थाहा छैन ?
त्यस कारण तिमीहरु मध्ये कसले घरको जिम्मेवारी लिन सक्छ भनेर मैले परीक्षा लिएको हुँ ।’ कान्छालाई सुम्सुम्याउँदै पिताजीले आशावादी स्वरमा भने, ‘हेर बाबु आजदेखि मेरो यो जनैको साँचो तिम्रो जनैमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्