उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित: ३ जना निर्विरोध निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

- Advertisement -
Ad imageAd image

आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४१ पदका लागि ३७६ जना चुनावी मैदानमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्