एभरेस्ट महिला भलिबल लिग पुसमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुषमा हुने भएको छ। शुक्रबार लिगको मिति घोषणा गरिएको हो। दश दिनसम्म चल्ने लिग पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको मिति नेपाल भलिबल संघले र कार्यक्रम स्थल राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृत गरेको छ। लिगको तेस्रो संस्करणमा रेड बुल साझेदार बनेको छ।

- Advertisement -
Ad image

लिगमा प्रतिस्पर्धा गर्ने टोली, खेल तालिका र टिकटसम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्