आजको मौसम: ३ प्रदेशको मौसम आंशिक बदली हुँदा अन्य ठाउँको अवस्था के छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

- Advertisement -
Ad imageAd image

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्