काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै २६ रनमा अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर देखिएको खेलमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।
भारतका प्रिन्स यादवले ५ विकेट लिए । त्यस्तै, हर्षित रानाले ४ तथा शाहबाज अहमदले एक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस्