काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।
डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमै रोहितले गोल थपे । रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि उनले नेपालका लागि गोल गरेका हुन् ।
नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हा तपारेको हो । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो । विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो ।
यसअघि नेपाल पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो । नेपाल नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान गएको थियो ।


प्रतिक्रिया दिनुहोस्