यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ।

- Advertisement -
Ad imageAd image

यस्तै असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ। असोज १८ गते बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर फेर्ने साइत छ। असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्