जसपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडाैं – अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनीहरूले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

- Advertisement -
Ad imageAd image

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन्। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी थिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका हुन्। यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्