इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेका आलमलाई जन्मकैदको फैसला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दैै जन्मकैदको सजाय सुनाएको हो ।

आलममाथि २०६४ संविधान सभाको निर्वाचनको बेला २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप थियो । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । सोही समयदेखि आलम थुनामै थिए ।

उक्त घटनामा संलग्न रहेका आलमका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । त्यस्तै, उक्त घटनाका अभियुक्त मुक्ति साहले भने सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array