इन्डोप्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा दिल्ली जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa
नेपाली सेना भूपू सम्मेलन-२०७९ को उद्घाटन समारोहमा बिहीबार मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिरः कृष्ण दवाडी / रासस

काठमाडाैं – प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँदिल्ली जाँदैछन्।

नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेका हुन्।

सम्मेलनका क्रममा आयोजना हुने ४७औं इन्डो-प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनेछन्। भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने निर्देशनालयले जनाएको छ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ।

नियमितरूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रका सैन्य संगठनहरूका बीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ। साथै मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्