देशको लागि माया गर्नेको भावना…

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

गोबिन्द राज ओझा (राजन)

देशको लागि माया गर्नेको भावना धेरै बलियो छ
देशको माटोले हृदयलाई गर्व र आत्मीयताले भर्छ
देशका लागि केही गर्न चाहे बलिदान नै किन दिन नपरोस्
सिपाही हु देशको रक्षा र सेवा गर्न तयार छु बरु प्राण जाओस्
यस महान् भूमिको स्वतन्त्रताको रक्षा गर्दै बसेको छु
देश प्रेमको लागि जीवन समर्पण गरेको छु
देशको लागि माया छ , देशको माया नै हाम्रो पूज्य हो
‍सिपाही हु यस महान् भूमिको स्वतन्त्रताको रक्षा गर्नु कर्तव्य हो

देशलाई माया गर्न साहस चाहिन्छ
मेरो देश प्रतिको यो मायाले मेरो आत्मा कब्जा गरेको छ
देशको माया  मनमा सधैँ राख्नुपर्छ
हामीले हाम्रो देशलाई अझै ठुलो बनाउनु छ

अन्याय र अपमानको विरुद्धमा आवाज उठ्ने छ
मेरो मन मेरो देश भित्र हराएको छ
नेपाल स्वतन्त्र देश हो जसको कल्पना स्वर्ग सँग गर्न सकिन्छ
कहिल्यै कम हुँदैन, देशको माया सधैँभरि मेरो हृदयमा रहन्छ

हामी हाम्रो स्वतन्त्र हाँसो र आवाज बिना बोर महसुस गर्छौँ
देशको माया, हामीले कहिल्यै नबिर्सौँ
मेरो प्यारो मातृभूमि सबै धनको उपहार हो
मेरो देश मायाको लागि हो

मेरो देश आनन्दको लागि हो
मेरो देश एकताको लागि हो
शत्रुहरूबाट देशको सिमानाको रक्षा गर्नेछु
देशमा शान्ति स्थापना गर्नेछु

सिमानाको रक्षा गर्न लडाई लड्न तयार छु
मेरो हृदयको मूल, मेरो देश ! देवभूमि भनेर चिनाउने छु
देशको लागि माया गर्नेको भावना धेरै बलियो छ
देशको माटोले हृदयलाई गर्व र आत्मीयताले भर्छ

प्रतिक्रिया दिनुहोस्

Array