सेयर बजारमा सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– सोमबार सेयर बजार निकै उत्तरचढावका बिच सामान्य सुधार भएको छ । आज नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा रोकिएको छ । सेन्सेटिभ पनि ०।२३ अंकले बढेको छ । गत बिहीबार १५.७५ अंक र आईतबार १८.८० अंकले घटेको सेयर बजार सोमबार सामान्य बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचकमा सामान्य सुधार भएपनि कारोबार भने निकै न्यून छ। आज दिनभरको कारोबार अवधिमा ७५ करोड १३ लाख बराबरको सेयर किनबेच भएको छ जुन पछिल्लो चार महिना यताकै न्युन हो। यसअघि गत मंसिर २७ गते ७७ करोड बराबरको सेयर कारोबार भएको थियो।

सेयर बजार दिनहुँ जसो घटिरहँदा लगानीकर्ता ‘कन्फिडेन्ट’ भएर बजारमा आउन सकेका छैनन् । त्यसैले पनि बजारको कारोबार निराशाजनक देखिएको हो।

सोमबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आइपीओ निष्कासन गरी २२ कारोबार दिनसम्म निरन्तर बढेको कम्पनीको सेयर मूल्य सोमबार प्रतिकित्ता ९।६२ प्रतिशतले घटेको हो । यस कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च अर्थात प्रतिकित्ता ९७० रुपैयाँ पुगे लगत्तै नाफा बुक गरेर बाहिरिने लगानीकर्ता बढेपछि मूल्य घटेको हो।
दिनभरको कारोबार अवधिमाा कालिञ्चोक दर्शनको ८ करोड ८१ लाख बराबरको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्टको पनि २ करोड ९९ लाख बराबरको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array