सेयर बजारमा सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं– बुधबार सेयर बजारमा लगानीकतामा थोरै आशा पलाएको छ । पछिल्लो चार कारोबार दिनयता निरन्तर घटिरहेको सेयर बजार मंगलबार सरकारले कित्ताकाट खुलाउने निर्णयपछि बुधबार लयमा फर्किन थालेको छ । बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा पुगेर रोकिएकोे छ । सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेको छ । पछिल्लो चार कारोबार दिन निरन्तर ५८ अंक भन्दा धेरैले बजार घटेको थियो घटेको बजार आज भने सकारात्मक बनेको छ ।
आज सेयर बजार बढेपनि कारोबार भने बढ्न सकेको छैन । कित्ताकाट खोल्ने सरकारी निर्णयले घरजग्गा कारोबारलाई केही सहज बनाउने पर्खाइमा लगानीकर्ताहरु रहेका छन् । यस्तै, जानकारहरुका अनुसार लगानीकर्ताहरु अब चैतको वित्तीय विवरण हेरेर मात्र लगानी गर्ने सोचमा छन् ।
आज दिनभरको कारोबार अवधिमा ९० करोड भन्दा कम सेयर किनबेच भएको छ। बुधबार ८७ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ। मंगलबार पनि ८७ करोड बराबरकै सेयर किनबेच भएको थियो।

बुधबार पनि कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा सूचीकृत भएलगत्तै बढ्न थालेको कम्पनीको सेयर मूल्य हालसम्म आइपुग्दा प्रति कित्ता ७३४ रुपैयाँ पुगेको छ। यस्तै मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।

- Advertisement -
Ad imageAd image

कारोबारका आधारमा बुधबार स्वावलम्बन लघुवित्तको संस्थापक सेयर अग्रस्थानमा छ। यस कम्पनीको आज ८ करोड ८३ लाख बराबरको संस्थापक सेयर कारोबार भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्