सेयर बजारमा गिरावट जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– सेयर बजारको गिरावट जारी रहँदै गर्दा अरुण भ्याली हाइड्रोको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । प्रमुख सूचक नेप्से १.२२ प्रतिशत र हाइड्रो उपसूचक १.३३ प्रतिशत घट्दा समेत अरुण भ्यालीको सेयर मूल्य ३.३३ प्रतिशत बढेको छ । सर्वाधिक कारोबार भएको सेयर पनि अरुण भ्याली नै रहन सफल भएको छ । कम्पनीको मात्र ७ करोडको सेयर किनबेच भएको छ।
सोमबार सूचक २३.६४ अंक घटेर १९०८ को विन्दुमा आइपुगेको छ । पछिल्ला तीन दिनमा बजार ५५.५१ अंक घटिसकेको छ । सँगै कारोबार रकम पनि घट्दो छ। आज ९२ करोडको सेयर खरिद बिक्री भयो।

प्रतिक्रिया दिनुहोस्

Array