ट्विटरको ‘ब्लु टिक’ लाई पैसा तिर्नुपर्ने सेवा भारतमा सुरु, कसले कति तिर्ने ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं– सामाजिक सञ्जाल ट्विटरले ‘ब्लु टिक’को लागि पैसा तिनुपर्ने सेवाको सुरूवात गरेको छ । एन्ड्रोइड र आईओएस भएका मोबाइल प्रयोगकर्ताले ब्लू टिक सब्सक्रिप्सनका लागि भारतमा मासिक ९ सय भारतीय रूपैयाँ तिनुपर्ने भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
वेब प्रयोगकर्ताहरूले भने ६ सय ५० भारतीय रूपैयाँ तिनुपर्ने छ । वेब प्रयोगकर्ताले वार्षिक सुविधा लिएमा ६ हजार ८ सयमा सुविधा पाइने ट्विटरले जनाएको छ । वार्षिक सदस्यता योजना भने मोबाइल प्रयोगकर्ताको लागि रहेको छैन ।

‘ब्लु टिक’ लिएका प्रयोगकर्ताले लेखिसकेको ट्विट सम्पादन गर्न, लामो तथा १०८० पिक्सलको भिडियो अपलोड गर्न सुविधा पाउने छन् । यसरी पैसा तिर्ने प्रयोगकर्ताले ट्विटर चलाएको बेला ५० प्रतिशत कम विज्ञापन देख्नेछन् । यसबाहेक रिप्लाई, मेन्सन तथा सर्च गर्दा ट्विटरले पैसा तिर्ने प्रयोगकर्तालाई बढी प्राथमिकता दिने छ ।

एलन मक्सले ट्विटरको सेयर खरिद गरेपछि ‘ब्लु टिक’ लिनको लागि पैसा तिनुपर्ने नीति ल्याउने घोषणा गरेका थिए । ट्विटरले भने अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा जापानलगायतमा देशमा यो सेवा लागू गरेको छ ।

ति देशहरूमा यो सेवा लिनको लागि वर्षको ८४ अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ । ट्विटरका प्रमुख मस्कले भने, “हामीले केही महिनादेखि पहिले नै पाएको ब्लु टिकलाई हटाउने काम गरिरहेका छौँ ।” ट्विटर कम्पनी अहिले घाटामा रहेको र यो प्रक्रियाले व्यवसाय बढाउन खोजेको सञ्चारमाध्यमहरुले जनाएका छन् । मस्कले ट्विटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array