सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन् ।

सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्नेछ ।

कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन् ।

कार्यदलमा यातायात व्यवसायी महासंघका प्रतिनिधिसमेत सदस्य रहनेछन् । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेय सदस्यसचिव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array